चन्द्रागिरिमा दोस्रो नेपाल मिडिया अवार्ड आयोजना हुँदै
थानकोट ।
सञ्चारकर्मीलाई सम्मान तथा प्रोत्साहन गर्न ‘दोस्रो नेपाल मिडिया अवार्ड, २०७९’ आयोजना हुने भएको छ । आगामी माघ १४ गते चन्द्रागिरि हिल्स रिसोर्टमा ड्रिम हाई नेपाल प्रालिले अवार्ड समारोह आयोजना गर्न लागेको हो ।
सक्रिय रूपमा पत्रकारिता गरिरहेका १० हजार बढी पत्रकारलाई प्रोहत्सान गर्ने उद्देश्यले दोस्रोपटक ‘नेपाल मिडिया अवार्ड’ आयोजना गर्न लागिको ड्रिम हाई नेपालका सञ्चालक कमल जिसीले बताए ।
अर्वाडलाई पहिलो सिजनमा भएका गल्तीहरू सच्याउँदै यसपटक विवादरहित बनाउन लागि परेको सञ्चालक जिसीले बताए ।
नेपाल मिडिया अवार्डमा सहभागी हुन चाहने पत्रकारले आफ्नो र कार्यरत मिडियाको परिचय खुल्ने गरी प्रसारण र प्रकाशन भएका सामग्रीसहित ड्रिम हाई नेपालमा सम्पर्क गर्न आह्वान गरिएको छ ।
कुल २५ मध्ये यसवर्ष विभिन्न १० विधामा नगदसहित ट्रफी र प्रमाणपत्र र एक जना वरिष्ठ पत्रकारलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड समेत प्रदान गरिनेछ ।
मिडिया अवार्डमा सहभागी बन्न चाहने पत्रकारले पुस २० गते भित्र आफ्ना प्रकाशित तथा प्रसारित सामग्री ड्रिम हाई नेपालको इमेल ठेगानामा पठाउनुपर्नेछ ।














