सितापाइलामा पानी ट्यांकीमा डुबेर एक महिलाको मृत्यु

Thankot Times

थानकोट । 

पानी ट्यांकीमा डुबेर काठमाडौंमा एक जनाको मृत्यु भएको छ। 

नागार्जुन नगरपालिका-४ सीतापाइला बस्ने ६६ वर्षीया तुलसाकुमारी कुँवरको पानी ट्याँकीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

कुँवर शनिबार आफ्नै घरको पानी भरिएको ट्यांकीमा डुबेकी थिइन् । 

ट्यांकीमा डुबेकी उनलाई मनमोहन मेमोरियल अस्पतालमा लगिएको थियो। जहाँ उपचारको क्रममा उनको मृत्‍यु भएको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *