जर्मनीका राजदुत साइकलमा बंगलादेश जाँदै, पहिलो दिन चन्द्रागिरि हुँदै हेटाैंडा पुगे
थानकोट ।
नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्ज साइकल चढेर काठमाडौंबाट बंगलादेशको राजधानी ढाका जादैँछन् । पहिलो दिन उनी काठमाण्डाैबाट चन्द्रागिरि भञ्ज्याङ हुँदै हेटाैंडा पुगेका छन् ।
राजदुत प्रिन्जले पहिलो दिन आइतबार ७६ किलोमिटर यात्रा गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा उनले आफू यात्रामा निस्किसकेको जानकारी दिँदै पहिलो दिनको तस्बिर सार्वजनिक गरेका छन् ।
गत वर्षदखी नेपालमा कार्यरत राजदुत प्रिन्जले भारत हुँदै आफूले झन्डै ८५० किलोमिटर यात्रा गर्ने र क्रिसमस मनाउन ढाका पुग्ने लक्ष्य रहेको बताएका छन्।
जर्मन राजदुताबासले सामाजिक सञ्जालमा राखेको राजदुत प्रिन्जको यात्राका तस्बिरहरूः















