आजको माैसम पूर्वानुमानः पहाडमा आंशिक बदली, तराईमा हुस्सु लाग्ने

Thankot Times

थानकोट । 

मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमामा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । आज बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ । 

आज दिउँसो प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रहनेछ।  

राती प्रदेश १ र  गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ। 

तराईका केही  भू-भागमा बिहानीपख हुस्सु लाग्ने  तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ