आयोगले भोलि निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने

Thankot Times

थानकोट ।

निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम नतिजा बुधबार घोषणा गर्ने भएको छ ।

निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले भोलि मध्यान्ह १२ः३० बजे पत्रकार सम्मेलन गरेर निर्वाचनको अन्तिम नतिजा घोषणा गर्न लागेको हो ।

यसअघि नै प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेकामा दलहरूले समानुपातिकको सूची पनि आयोगमा बुझाइसकेका छन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *