काभ्रेमा बस दुर्घटना, १३ जना यात्रीको मृत्यु

Thankot Times

थानकोट ।

काभ्रेपलाञ्चोक जिललाको बेथानचोक गाउँपालिका-४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा कम्तीमा १३ जना यात्रीको मृत्यु भएको छ ।

बेथानथोक-५ च्याल्टीमा व्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका-४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो ।

काभ्रेका एसपी चक्रराज जोशीका अनुसार १३ जनाको मृत्यु भएको छ । २० जना गम्भीर घाइते भएका छन् ।

घाइतेलाई उद्दार धुलिखेल अस्पताल पठाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ