फिफा विश्वकपः साबिक उपविजेता क्रोएसियालाई ३-० ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
थानकोट ।
गत संस्करणको उपविजेता क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार बिहान कतारको लुसाइल रंगशालामा सम्पन्न खेलमा एक पक्षीय खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३-० ले पराजित गर्दै विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।
अर्जेन्टिनाको जितमा कप्तान मियोनेल मेस्सीले खेलको ३४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे भने जुलियनले ३९ र ६९ औं मिनेटमा गोल गरे ।
क्रोएसियाले अब तेस्रो स्थानका लागि फ्रान्स र मोरोक्कोबीचको पराजित टोलीसँग प्ले अफ खेल्नेछ । यस्तै अर्जेन्टिनाले भने फ्रान्स र मोरोक्कोबीचको विजेतासँग फाइनल खेल्नेछ ।
फाइनल खेल आइतबार बेलुकी पाैने ९ बजे सुरू हुनेछ ।













