मंसिर ४ को निर्वाचनको अन्तिम परिणाम घोषणा हुँदै

Thankot Times

थानकोट ।

निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणाम आज सार्वजनिक गर्ने भएको छ । आयोगले आज दिउँसो पत्रकार सम्मेलन गरेर अन्तिम परिणाम घोषणा गर्न लागेको हो ।

समानुपातिकतर्फ निर्वाचित हुने प्रतिनिधिसभाका ११० र प्रदेश सभाका २२० उम्मेदवारको नामावली प्राप्त भइसकेकाले आयोगले उनीहरूलाई निर्वाचित गरेर अन्तिम परिणाम घोषणा गर्न लागेको हो ।

त्यसपछि आयोगले निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने छ ।

निर्वाचन कानुनमा अन्तिम परिणाम घोषणा भएको सात दिनभित्र राष्ट्रपति तथा प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *