बस दुर्घटनाका घाइतेहरूको सुविधासम्पन्न अस्पतालमा उपचार गर्न प्रधानमन्त्री देउवाको निर्देशन
थानकोट ।
प्रधानमन्त्री शेरबहादुर देउवाले काभ्रेको बेथानचोकमा बस दुर्घटनामा परि घाइतेहरूको तत्काल सुविधासम्पन्न अस्पतालमा उपचार गर्न निर्देशन दिएका छन् ।
बुधबार बिहान सामाजिक सञ्जालमा फेसबुकमा बस दुर्घटना भएकोप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री देउवाले दुर्घटनामा परी मृत्यु भएकाहरुको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
मंगलबार साँझ काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोकमा व्रतबन्धबाट फर्किएका यात्रु बोकेको बस दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।













