चन्द्रागिरि नगरपालिकामा वैदेशिक रोजागारीबाट फर्केका नगरबासीको तथ्याङ्क संकलन गरिने
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले वैदेशिक रोजागरीबाट फर्किएका आफ्ना नगरबासीहरूको विवरण संकलन गर्ने भएको छ ।
बुधबार एक सूचना जारी गर्दै नगरले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रानुसार वैदिशिक रोजगारीबाट फर्केका व्यक्तिहरूले वैदेशिक रोजागारीको क्रममा आर्जन गरेको पूँजी, सीप, प्रविधि र अनुभव राष्ट्रहितको लागि उपयोग गर्न सामाजिकीकरण, रोजगारीमा आबद्ध र उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्नका लागि सो विवरण संकलन गर्न लागेको बताइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत जीवनप्रसाद आचार्यका अनुसार वैदेशिक रोजगारीबाट फर्किएका नगरबासीहरूले सम्बन्धित वडा कार्यालय वा नगरपालिकाको कार्यालयस्थित रोजगार सेवा केन्द्रमा सम्पर्क राखी आफ्नो विवरण टिपाउन सक्नेछन् ।













