जापानले आज नेता पौडेललाई सम्मान गर्ने

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले आज सम्मानित गर्ने भएको छ । आज अपरान्ह ३ बजे पौडेललाई जापान सरकारले विभूषणबाट सम्मान गर्ने कार्यक्रम तय भएको नेता पाैडेलको सचिवालयले जनाएको छ ।
नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै जापान सरकारले सन् २०२० को अप्रिलमा २९ मा नेता पौडेललाई ‘द ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित गर्ने घोषणा गरेको थियो ।

तर, कोभिड महामारीका कारण सम्मान कार्यक्रम स्थगित भएको थियो ।

नेपालस्थित जापानको दूतावासले नेता पौडेललाई विहीबार उनको निवासमा एक कार्यक्रमबीच सम्मान गर्न लागेको छ । पौडेललाई नेपालका लागि जापानका राजदूत किकुता युताकाले सो सम्मान प्रदान गर्ने छन् ।

पौडेल नेपाल-जापान संसदीयमैत्री संघका संस्थापक समेत हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *