मंसिर सकिएसँगै घट्यो सुन र चाँदीको मूल्य

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज सुनको मूल्य चार सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९९ लाख ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

मंसिरको अन्तिम दिन हिजो बिहीबार छापावाला सुन तोलाको एक लाख ३०० रुपैयाँमा कारोबार भएको थियो। मंसिर महिनामा सुन एक लाख नाघेको थियो।

आज तेजावी सुन तोलाको ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर तोलाको एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *