वृद्ध दम्पती हत्या आराेपमा धादिङमा दुई किशोर पक्राउ

Thankot Times

थानकोट ।

त्रिपुरासुन्दरी गाउँपालिका- ३ मूलपानीमा भएको वृद्धदम्पती हत्या अभियोगमा धादिङ प्रहरीले दुई बालकलाई नियन्त्रणमा लिएको छ।

मूलपानीको आहालेगाउँका ७४ वर्षीय बलबहादुर आलेमगर र ६७ वर्षीया नीरमाया आलेमगरको हत्या गरिएको अवस्थामा घरमै शव भेटिएको थियो। घटनास्थलमै बसेर अनुसन्धानमा खटिएकाे प्रहरी टोलीले स्थानीय दुई किशोरलाई शुक्रबार नियन्त्रणमा लिएको हो।

मंसिर २६ गतेका दिन बिहान घरमै शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीको टोलीसहित केन्द्रीय अनुसन्धान ब्युरोको ३० जनाको टोलीले उक्त घटनाको अनुसन्धान गरेको थियो।

स्थानीयका अनुसार प्रहरीले नियन्त्रणमा लिएका एक बालक कक्षा ८ र अर्का कक्षा ६ मा अध्ययनरत छन्। उनीहरूको साथबाट हत्या भएका दम्पतीले चलाउँदै आएको मोबाइल पनि प्रहरीले बरामद गरेको छ।

नियन्त्रणमा लिएका दुवै किशोरमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए। दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *