यस्ताे छ शनिबारको माैसम पूर्वानुमान

Thankot Times

थानकोट ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन्। शनिबार प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। आइतबार पनि प्रदेश १ का पहाडी भू-भागमा आंशिक देखि पूर्ण बदली रही बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक  बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरुमा र बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

तराईका केही  भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने  तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाको अनुराेध छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ