विश्वकप फुटबलः तेस्रो स्थानका लागि आज बेलुकी क्रोएसिया र मोरोक्कोबीच खेल हुने

Thankot Times

थानकोट ।

कतारमा जारी २२औं फिफा विश्वकपमा आज क्रोएसिया र मोरोक्कोबीच खेल हुँदैछ ।

सेमीफाइनलमा पराजित भएका यी दुई राष्ट्रले तेस्रो स्थानका लागि आज खेल्न लागेका हुन् । खेल नेपाली समयअनुसार बेलुकी ८ः४५ बजे खालिफा स्टेडियममा हुनेछ ।

क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३-० ले पराजित भएपछि मोरोक्कोसँग भेट भएको हो । सेमिफाइनलमा मोरोक्को भने फ्रान्ससँग २-० ले पराजित भएको थियो ।

यी दुवै टोलीको समूह चरणमै भेट भएको थियो । उक्त खेल बराबरी गर्दै दुवै टिमले अंक बाँडेका थिए । क्रोएसिया साबिकको उपविजेता हो भने मोरोक्को पहिलोपटक सेमिफाइनलसम्म पुगेको अफ्रिकी राष्ट्र हो ।

यो विश्वकपको फाइनल खेलमा आइतबार बेलुकी ८ः४५ बजे साबिक विजेता फ्रान्स र पूर्वविजेता अर्जेन्टिना प्रतिस्पर्धा गर्दैछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ