१५ रनमा अलआउट भयो टोली, बन्यो विश्व किर्तिमान…

Thankot Times

थानकोट ।

विश्वका चर्चित मध्येको एक क्रिकेट लिग अस्ट्रेलियाको बिग ब्यास क्रिकेट लिगमा सिड्नी थन्डर १५ रनमा अलआउट भएको छ ।

टी-२० क्रिकेटको इतिहासमा कुनै पनि टोलीले बनाएको सबैभन्दा कम स्कोर हो । एडिलेड स्ट्राइकरले प्रस्तुत गरेको १४० रनको लक्ष्य पछ्याउने क्रममा टोलीले खराब प्रदर्शन गरेको थियो । टोलीका लागि नम्बर १० का ब्याट्सम्यानले सर्वाधिक ४ रन बनाएका थिए । ९ रन बनाउँदा टोलीका ५ ब्याट्सम्यान पभिलियन फर्किएका थिए ।

हेनरी थोर्टनले ३ रन खर्चिएर ५ विकेट लिए भने वेस अगरले ६ रन खर्चेर ४ विकेट लिए । सिड्नीको टोली ५.५ ओभरमा अलआउट हुँदै १२४ रनको विशाल अन्तरले पराजित भएको थियो । यसअघि बिग ब्यास लिगमा मेलबर्न रेनेगेड्स ५७ रनमा अलआउट भएको थियो ।

विश्व टी-२० क्रिकेटमा भने टर्की चेक रिपब्लिकविरुद्ध २१ रनमा अलआउट भएको थियो भने लेसोथो उगान्डाविरुद्ध २६ रनमा अलआउट भएको रेकर्ड छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ