स्कुटरमा ६ केजी गाँजा राखेर हुइकिएका सर्जन नाैबिसेमा समातिए
थानकोट ।
नेपाल प्रहरीले धुनिबेशी नगरपालिका-७ नौबिसे बजारबाट अवैध लागूऔषध गाँजासहित २ जना युवाहरूलाई पक्राउ गरेको छ ।
६ केजी ५ ग्राम सहित शुक्रबार बिहान नाैबिसे बजारबाट प्रहरीले काठमाडौं महानगरुपालिका-१५ स्वयम्भु बस्ने २१ वर्षीय सर्जन देउला र २६ वर्षीय सन्तोष महर्जनलाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीले पालुङबाट नौबिसेतर्फ आउँदै गरेको प्र.३-०३-०३ प ११८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा सो परिणामको लागूऔषध सहित उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












