दुई केन्द्रीय सदस्य र क्षेत्रीय सभापतिलाई कारबाही गर्न काभ्रे कांग्रेसको सिफारिस

Thankot Times

थानकोट ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा अन्तरघात गरेको भन्दै नेपाली कांग्रेस काभ्रेले दुई जना केन्द्रीय सदस्य र क्षेत्रीय सभापतिलाई कारबाही गर्न सिफारिस गरेको छ ।

केन्द्रीय सदस्यद्वय मधुप्रसाद आचार्य र गणेश लामा तथा प्रतिनिधि सभा क्षेत्र नं २ का सभापति महेश खरेललाई कारबाही गर्न काभ्रे जिल्ला समितिले केन्द्रीय अनुशासन समिति समक्ष सिफारिस गरेको हो । उनीहरुमाथि प्रतिनिधि सभा क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ उम्मेदवार रहेका पूर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई र जिल्ला सभापति तीर्थ लामालाई अन्तर्घात गरी असहयोग गरेको आरोप छ ।

आचार्य र गणेश लामा निर्वाचन प्रचार अभियानमा एक दिन पनि मत माग्न नहिँडेको र उल्टै विपक्षी उम्मेदवारलाई मत मागेकाले कांग्रेस काभ्रेले उनीहरुलाई कारबाही गरी केन्द्रमा सिफारिस गरेको कांंग्रेस जिल्ला सभापति तिर्थ लामाले जानकारी दिए ।

केन्द्रीय सदस्य आचार्यले आफू प्रदेशभरको जिम्मेवारीमा रहेकाले व्यस्त भएको भन्दै पार्टी र गठबन्धनका उम्मेदवारलाई मत नमागेको, निकट रहेका वडा सभापति र वडा अध्यक्षहरुको बैठक नै बोलाएर गोकुल बाँस्कोटालाई मतदान गर्न दबाव दिएको र अन्य किसिमका प्रलोभन बाँडेको, धेरैपटक घरमा जाँदा पनि उम्मेदवारलाई भेट नदिएको, निकटका कार्यकर्ताहरुलाई सके सूर्यमा नसके घण्टीमा मतदान गर्न आह्वान गरेको भन्दै वडा कार्यसमिति, गाउँ तथा नगर कार्यसमिति, क्षेत्रीय समिति मार्फत जिल्ला अनुशासन समितिमा उजुरी परेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *