नैकापबाट हायात रेजेन्सीसम्म नेक्सन ईभी रेन्ज टेस्ट-२०२२ र्याली
थानकोट ।
काठमाडौंमा ‘नेक्सन ईभी रेन्ज टेस्ट-२०२२’ आयोजना गरिएको छ ।
नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सको सहआयोजनामा यो टेस्ट आयोजना गरिएको हो । नेक्सन ईभीले काठमाडौंका सडकमा ३४७ किमीसम्मको रेन्ज दिएको कम्पनीको दाबी छ ।
विद्युतीय गाडीहरूको उपयोगिता, प्रभावकारिता एवम् आर्थिक पक्षमा पार्ने सकारात्मक प्रभावहरुका बारेमा जनचेतना फैलाउने र विद्युतीय गाडीहरू प्रति ग्राहकवर्गको दुविधालाई हटाइ यसबाट मिल्ने सुविधाको बारेमा विश्वस्त बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले जानकारी दिए ।
हिजो सिप्रदी ट्रेडिङ नैकापबाट सुरु गरिएको कार्यक्रम कलंकी, बल्खु, एकान्तकुना, जावलाखेल, पुल्चोक, पुतलीसडक, जमल, दर्बारमार्ग, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, सुकेधारा, चाबहिल हुँदै हायात रेजेन्सी होटलमा पुगेर समापन गरिएको थियो ।
वातावरणको संरक्षण तथा देशको दीगो आर्थिक विकासका लागि विद्युतीय गाडीहरूको उपयोगमा प्रोत्साहन एवम् प्रवर्द्धन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।












