धरान उपमहानगरका मेयर हर्क साम्पाङ राईले माफी मागे

Thankot Times

थानकोट ।

दलित समुदायप्रति चोट पुग्ने गरी अभिव्यक्ति दिएकोमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले क्षमा मागेका छन्।

आइतबार उपमहानगरपालिकाका मेयर साम्पाङले एक विज्ञप्ति जारी गर्दै क्षमा मागेका हुन्।

उनले ठट्यौली उखानको शैलीमा चमारे शब्दको प्रयोग गर्दा दलित समुदायलाई दु:ख लागेको बताउँदै क्षमा मागेका हुन्।

‘मैले पोष्ट गरेको स्टेटसमा गाउँले ठट्यौली उखानको शैलीमा ‘चमारे’ शब्द अप्रत्याशित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थ प्रति दु:ख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दु:खी बनाएको रहेछ। त्यसका लागि क्षमाप्रार्थी छु,’ उनले भनेका छन्।

यस्तै आफू सँधै समानताको भावनाको साथ सबै मिलेर देशलाई माथप उठाउन लाग्ने बताए। उनले उक्त स्टाटस कसैलाई ठेस पुर्‍याउन नियतशवले नगरेको पनि बताए।

उनले फेसबुकमा उक्त अभिव्यक्ति दिएपछि आलोचना तथा विरोध भएको थियो। दलित आयोगले माफी माग्न आग्रह गर्दा उनले उल्टै आयोगलाई नै अनेक प्रश्न सोध्दै आएका थिए। तर, अदालतमा मुद्दा हाल्ने तयारी हुँदै गर्दा भने हर्कले माफी मागेका हुन्।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ