फिफा विश्वकप २०२२ः एम्बापे र मेसीलाई दुई-दुई अवार्ड
थानकोट ।
विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले कतारमा सम्पन्न विश्वकप फुटबलको गोल्डन बलको अवार्ड हात पारेका छन् । यो सर्वोत्कृष्ठ खेल प्रदर्शन गर्ने खेलाडीले पाउने उपाधी हो । प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै उनले यो अवार्ड हात पारेका हुन् । मेस्सीले यो अवार्ड जितेको दोस्रो अवसर हो । सन् २०१४ को विश्वकपमा अर्जेन्टिना उपविजेता बन्दा पनि मेस्सीले यो अवार्ड जितेका थिए ।
विश्वकपमा आठ गोल गर्दै गत संस्करणको विजेता फ्रान्सका स्टार किलियान एम्बाप्पेले गोल्डन बुट जितेका छन् । फाइनल खेलमा उनले ह्याट्रिक समेत गरेका थिए । उत्कृष्ट गोलकिपरलाई दिइने गोल्डन ग्लोबको उपाधि अर्जेन्टिनाका एमी मार्टिनेजले जिते । उनले फाइनलमा फ्रान्सका दुईवटा पेनाल्टी रोक्नुका साथै खेलअवधिमा फ्रान्सका थुप्रै प्रयास विफल बनाएका थिए ।
त्यस्तै, मेसीले सिल्भर बुट जित्दा एम्बापेले सिल्भर बल प्राप्त गरे ।
अर्जेन्टिनाका इन्जो फर्नान्डेजले विश्वकपको उत्कृष्ट युवा खेलाडीको अवार्ड पाएका छन्। जारी विश्वकपमा उनले १ गोल गरेका थिए।














