एपीएफ ब्यारेकको क्यान्टिनमा कुकर पड्किँडा ३ जना घाइते, कीर्तिपुर अस्पतालमा उपचार हुँदै

Thankot Times

थानकोट ।

सशस्त्र प्रहरीको ब्यारेकको क्यान्टिनमा कुकर पड्किँदा तीन जना घाइते भएका छन्। सशस्त्र हेडक्वाटर हल्चोक पछाडि रहेको कार्यदल गण रहेको क्यान्टिनमामा कुकर पड्किँदा तीन जना घाइते भएका हुन्।

घटना शनिबार रातिको हो। खाना बनाउने क्रममा कुकर पड्किएको हो। कुकर पड्किँदा सशस्त्र जवानद्वय हिरा सिंह बराल, यमनाथ योगी र क्यान्टिन सन्चालकका ११ वर्षीय छोरा आयुस बुढा घाइते भएको बताइएको छ

घाइते तीनै जनाको उपचार कीर्तिपुर अस्पतालमा भैरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ