कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिन ५१ हजार रुपैयाँ शुल्क तोकियो

Thankot Times

थानकोट । 

नेपाली कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिँदा ५१ हजार शुल्क तिर्नुपर्ने भएको छ ।

मंसिर ६ गते बिहान बिहान ८ देखि १० बजेसम्म हुने निर्वाचनका लागि उम्मेदवारले दरखास्तका साथ ५१ हजार रुपैयाँ दाखिला गर्नुपर्ने निर्वाचन समितिले तय गरेको हो ।

जसअनुसार निर्वाचन प्रक्रिया पुस ४ गतेदेखि सुरु भएर मनोनयन दर्ता पुस ५ गते दिउँसो २ बजेदेखि ३ बजेसम्म दरखास्त दिन सकिनेछ ।

कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, महामन्त्री गगन थापाको उम्मेदवारी रहने सम्भावना छ ।

कांग्रेसको संस्थापन पक्षबाट देउवा निर्विकल्प उम्मेदवार बन्दा इतर पक्षबाट कोइराला र थापा प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *