संघीय सांसदहरूको सपथ पुस ७ गते

Thankot Times

थानकोट ।

नवनिर्वाचित संघीय सांसदहरूको शपथको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतिनिधि सभाका सांसदहरूले पुस ७ गते शपथ लिने भएका छन्।

संघीय संसद सचिवालयले पहिलो बैठकमा भाग लिनु अघि नै सांसदहरूलाई शपथ ग्रहणका लागि सूचना प्रकाशित गर्दै निम्तो दिएको हो।

सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दिउँसो १ बजेका लागि शपथ ग्रहणको समय तोकेको छ।

शपथ ग्रहणमा आउन सांसदहरुलाई निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाण पत्रको सक्कल र प्रतिलिपि तथा दुईटा फोटो सहित लिएर आउन सचिवालयलाई निम्तो दिइएको छ।

सचिवालयले मातृभाषामा सपथ लिन चाहाने सांसदहरुलाई शपथको व्यहोरा अनुवाद गरि अनुवादसहित तीन दिन अघि नै उपलब्ध गराउन आग्रह समेत गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *