रिद्धि सिद्धि यातायातले बुधबारबाट पिपलामोड-दुवाकोट सेवा दिने

Thankot Times

थानकोट ।

रिद्धि सिद्धि यातायातले चन्द्रागिरि नगरपालिका -२ पिपलामोडबाट नियमित सेवा दिने भएको छ ।

बिहान ५ बजेबाट रिद्धि सिद्धि यातायातले भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजसम्म नियमित सेवा दिने विषयमा सहमति भएको चद्रागिरि नगरपालिका- २ का वडाध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिनुभयो ।

दैनिक हजाराैं सवारी साधन पिपलामोड क्षेत्र हुँदै राजधानी आवतजावत गर्ने भएपनि सो क्षेत्रका स्थानीयहरूले नियमित बससेवा नपाउँदा सास्ती व्यहोर्दै आएका छन् । वडा कार्यालयको समन्वयमा स्थानीयहरूको आवश्यतालाई मध्यनजर गर्दै सो यातायात सेवाले पाैष ६ गते बुधबारबाट दैनिक ५ वटा बसमार्फत सेवा दिने सहमति भएको बताइएको छ ।

माग अनुसार दैनिक रूपमा सञ्चालन हुने बसहरूको संख्या थप विषयमा पनि सहमति भएको वडाध्यक्ष तामाङले बताउनुभयो ।

बुधबार बिहान ८ बजेबाट पिपलामोडबाट सेवा आरम्भ हुने भएपनि बिहीबारबाट भने बिहान ५ बजेबाट नै सेवा उपलब्ध हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *