कांग्रेस संसदीय दलमा शेखरको प्रस्तावमा देउवासँग गगन भिड्ने

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको संस्थापन इतर समूहबाट महामन्त्री गगन थापा संसदीय दल नेताका लागि उम्मेदवार हुने समझदारी बनेको छ।

आज लैनचौरस्थित एम्बास्डर होटलमा भएको संस्थापन इतर समूहको भेलाले नेता शेखर कोइरालाको प्रस्तावमा महामन्त्री थापा संसदीय दल नेता उठ्ने समझदारी बनेको छ।

१५ औं महाधिवेशनमा महामन्त्री थापासहितले नेता कोइरालालाई सहयोग गर्ने गरी समझदारी बनेको बताइएको छ ।

संस्थापन इतर समूहबाट नेता कोइराला र थापा संसदीय दल नेताका लागि उम्मेदवार हुन खोजेपछि एक जना मात्रै उम्मेदवार उठाउन केही दिनदेखि संस्थापन इतर समूहको भेला हुँदै आएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *