घर बनाउन जग खन्दा भेटिए सयाैं थान तोपका गोला

Thankot Times

थानकोट ।

घरको जग खन्ने क्रममा पाल्पाको तानसेनमा ठूलो संख्यामा तोपका गोला फेला परेका छन् । तानसेन नगरपालिका वडा नं. ४ गोलाखानामा घडेरी खार्ने क्रममा ती गोला फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए । अहिलेसम्म ३०० गोला फेला परेका छन् ।

गोला भेटिएको जग्गा पाल्पास्थित नेपाली सेनाको हो ।

सोही ठाउँमा सेनाले गेस्टहाउस निर्माणका लागि घडेरी खनिरहेको छ । नेपाली सेनाले धेरै वर्ष पहिला जमिनमुनि ती गोला पुरेको हुनसक्ने प्रहरीले जनाएको छ । अहिले ती गोला तानसेनस्थित सेनाको गणमा राखिएको छ । फेला परेका गोला यहाँ के कसरी राखिएको थियो भन्नेबारे थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ