विश्वकप ट्रफीसहित घर पुग्याे अर्जेन्टिनी फुटबल टिम
थानकोट ।
विश्वविजेता अर्जेन्टिनाकाे फुटबल टिम मंगलबार बिहान स्वदेश फिर्ता भएकाे छ। अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा कप्तान लियाेनल मेस्सीले विश्वकपकाे ट्रफी बाेकेर घरेलु भूमिमा पाइला टेकेका थिए।
३६ वर्षपछि विश्वकपकाे उपाधि जितेकाे अर्जेन्टिना फुटबल टिमलाई स्वागत गर्न एजेजा अन्तर्राष्ट्रिय विमानस्थलमा हजाराैं समर्थककाे घुइँचो लागेकाे थियाे।
आइतबार कतारकाे लुसेल स्टेडियममा भएको फाइनलमा साबिक विजेता फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४-२ ले हराउँदै अर्जेन्टिनाले उपाधि उचालेकाे थियाे।
अर्जेन्टिनाले विश्वकप जितेकाे याे तेस्राे पटक हाे भने स्टार खेलडी मेस्सीकाे याे पहिलो विश्वकप उपाधि हाे।

तस्बिरः सीएनएन













