नेकपा एमाले संसदीय दलको नेतामा अध्यक्ष ओली निर्विरोध चयन
थानकोट ।
नेकपा एमालेले पनि संसदीय दलको नेता चयन गरेको छ । सो पार्टीको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली निर्विरोध चयन भएका हुन् ।
मंगलबार बसेको संसदीय दलको बैठकले ओलीलाई निर्विरोध दलको नेता चयन गरेको हो ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओली दलको नेता चयन भएका हुन् ।
दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने अर्को बैठकबाट चयन हुने अध्यक्ष ओलीले सांसदहरुलाई जानकारी दिएका छन् ।














