आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर मात्र बोक्न नेपाल टेलिकमको अनुरोध

Thankot Times

थानकोट ।

नेपाल टेलिकमले आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएमा वा बिग्रिएमा स्वयम् उपस्थित भई सिमकार्ड प्राप्त गर्न अनुरोध गरेको छ।

राष्ट्रिय परिचय पत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाल लगायत विभिन्न डिजिटल गतिविधिहरुमा मोबाइल नम्बरको प्रयोग गर्नुपर्ने अवस्था देखिएकोले टेलिकमले उक्त अनुरोध गरेको हो।

मोबाइल नम्बर प्रयोगकर्ता ग्राहक स्वयम्को नाममा दर्ता भएको खण्डमा मात्र मोबाइल बैंकिङलगायत सुविधाहरू सुरक्षित रूपमा प्रयोग गर्न सकिने टेलिकमले बताएको छ।

अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरुपयोग भई अनधिकृत व्यक्तिबाट रकम गुमाउनु पर्नेसम्मको अवस्था तथा सामाजिक सञ्जालको दुरुपयोग भई अनेक कानुनी झमेलामा समेत पर्ने सम्भावना रहेको कम्पनीको भनाइ छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *