संघीय संसदका ज्येष्ठ सांसद जबराले आज राष्ट्रपतिबाट शपथ लिने

Thankot Times

थानकोट । 

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य राप्रपा नेता ८१ वर्षीय पशुपतिशमशेर जबराले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयले जबरालाई आज दिउँसो १ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय गरेको छ । 

संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण गर्न ज्येष्ठ सदस्य छनोट गरेको थियो ।

सांसदहरुको जन्म मितिका आधारमा जबराको नाम राष्ट्रपति कार्यालयमा सोमबार पठाएपछि सोही अनुसार आज शपथको मिति तोकिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डाक्टर भेषराज अधिकारीले जानकारी दिए ।

राणाले आज राष्ट्रपतिबाट शपथ लिएपछि भोलि बिहीबार अन्य सदस्यलाई संसद भवन नयाँ बानेश्वरमा शपथ गराउनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *