सिंहदरबारमा नेपाली कांग्रेस संसदीय दलको निर्वाचन सुरू

Thankot Times

थानकोट ।

नेपाली कांग्रेस संसदीय दलको निर्वाचन सुरू भएको छ।

बिहान ८ बजेबाट सुरु हुने भनिएको निर्वाचन निर्वाचनस्थलमा मोबाइल लैजान पाइने कि नपाइने भन्ने विवाद भएपछि ४० मिनेट ढिला सुरू भएको हो।

निर्वाचन संयोजक भिष्मराज आङ्दम्बे र निर्वाचन समिति सदस्य पुस्पा भुसाल मोबाइल लैजान सकिने भनिरहँदा अर्का निर्वाचन समिति सदस्य प्रकाश स्नेही लैजान हुन्न भन्नेमा थिए।

कांग्रेस संसदीय दल विधानले गोप्य मतदानको व्यवस्था गरेकाले मोबाइल लैजान नपाइने व्यवस्था गरिएको छ। यसैबीच निर्वाचनलाई लक्षित गर्दै सिंहदरबारमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

मतदान सुरू हुनुअघि प्रवेशद्वारबाट नै सुरक्षाकर्मीले कडा चेकजाँच गरिरहेका छन्।

कांग्रेस संसदीय दलको कार्यालय बाहिरको सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ। चेकजाँच गरेर सांसद्हरुलाई मात्र कार्यालयमा प्रवेश दिइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *