काठमाण्डाैमा बाक्लो हुस्सु
थानकोट ।
मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पूर्वी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ। हाल प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही काठमाडाैंसहित तराईका थोरै भू-भागमा हुस्सु लागेको छ।
आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। राती प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ।
तराईका केही भू-भागमा बिहानीपख हुस्सु लाग्ने र देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।














