लगातार पैसा नतिरेको भन्दै डिसहोममा ‘स्टार’ का ३२ वटा च्यानल बन्द
थानकोट ।
लामो समयसम्म बक्यौता नतिरेपछि भारतीय टेलिभिजन स्टार इण्डियाले नेपालको डिसहोममा आफ्ना ३२ वटा च्यानलहरुको सेवा बन्द गरिदिएको छ । पटक-पटक ताकेता गर्दा पनि डिसहोमले महिनौंदेखिको रकम भुक्तानी गर्न आनाकानी गरेको भन्दै स्टारले पुस ३ गते रातीदेखि स्टार प्याकेजका सबै च्यानलको सेवा बन्द गरिदिएको हो ।
नेपालमा स्टार प्याकेज अन्र्तगत ३२ वटा च्यानलहरु प्रसारण हुन्छन्, जसमध्ये स्टार, स्टार स्पोर्टस, स्टार गोल्ड लगायतका च्यानल नेपाली दर्शकमाझ लोकप्रिय छन् ।
सिग्नल काटिएपछि डिस मिडियाले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी दिएको छ, जसमा आफूले ३ करोड ६ लाख भारतीय रुपैयां स्टार इण्डिया प्रा.लिलाई भुक्तानी गर्न बांकी रहेको स्वीकार गरेको छ ।
आफूले पुस १५ भित्र रकम भुक्तानीको समय मागेको भए पनि विना सूचना सिग्नल काटेर भारतीय टीभी कम्पनीले दादागिरी देखाएको भन्दै विदेशी च्यानललाई गरिने भुक्तानीसम्बन्धी नीति परिवर्तन गर्न माग गरेको छ ।













