नागार्जुन नगरका मेयर बस्नेत नगरपालिका संघको केन्द्रीय सदस्यमा निर्वाचित
थानकोट ।
नेपाल नगरपालिका संघको ८ औं अधिवेशनबाट अध्यक्षमा धादिङको नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना चयन भएका छन्।
उपाध्यक्षमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीका मेयर कृष्णप्रसाद सापकोटा, महासचिवमा दाङको घोराही उपमहानगरपालिकाका मेयर नरूलाल चौधरी चयन भएका हुन्।
उपमहासचिवमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल चयन भएकी छन् भने कोषाध्यक्षमा हलेसी तुवाचुङकी मेयर विमला राई चयन भइन्। सहकोषाध्यक्ष हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा चयन भएकी छन्।
बुधबार सकिएको अधिवेशनले ४३ जना केन्द्रीय सदस्य पनि चयन गरेको छ।
हेर्नुस् सूची:
















