नेपाललाई दिने भनिएको रंगशाला भत्काउन सुरू

Thankot Times

थानकोट ।

मध्यपूर्वी मुलुक कतारले विश्वकप २०२२ लाई लक्षित गरी निर्माण गरेको एक रंगशाला भत्काउन सुरु गरेको छ ।

विश्वकप सफलतापूर्वक सम्पन्न भएपछि कतारले रंगशाला व्यवस्थापनको काम सुरु गरेको हो । कतारमा विश्वकपको लागि आठ वटा नयाँ रंगशाला निर्माण गरेको थियो ।

आठ वटा मध्ये स्टेडियम ९७४ नामक रंगशाला अस्थायी किसिमको बनाइएको थियो । कतारले ९७४ सिपिङ कन्टेनरको प्रयोग गरी सो रंगशाला निर्माण गरेको थियो । निर्माण सामाग्री कै नाममा रंगशालाको नाम राखिएको थियो ।

यो रंगशाला विश्वकै भिन्न रंगशाला हो । जसमा गिटी, बालुवा, सिमेन्ट, ढुंगा लगायतका सामाग्रीको प्रयोग गरिएको थिएन । जसका कारण यो रंगशालाले विश्वमा नै चर्चा बटुलेको थियो ।

कतारले सो रंगशाला नेपाली कामदारको सम्मान स्वरुप नेपाल सरकारलाई प्रदान गर्ने अनौपचारिक घोषणा गरेको थियो । तर, अहिले रंगशाला भत्काउन थाले पछि नेपालले पाउने भन्ने विषयको चर्चा भने सेलाएको छ ।

यद्यपी कतारले सो सामाग्रीको व्यवस्थापन कसरी गर्नेछ भन्ने विषयमा समेत कुनै यकिन भै सकेको छैन् । तर, कतार सरकारले सो रंगशालाको सामाग्री टयूनिसियलाई दिने भन्ने कतार भित्र नै चर्चा चलेको छ ।

रंगशालाको सामाग्री कसरी व्यवस्थापन भन्ने विषयमा कतारी सरकारले कुनै पनि उद्घोष गरेको छैन् । कतारले निर्माण गरेको सो रंगशालामा ४० हजार मानिस अट्न सक्ने क्षमताको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *