एसियन सेन्ट्रल जोन यू-२३ भलिबलः बंगलादेशसँग नेपाल स्तब्ध
थानकोट ।
नेपाली यु-२३ भलिबल टोली बंगलादेशको राजधानी ढाकामा जारी एसियन सेन्ट्रल जोन यू-२३ भलिबल च्याम्पियनसिपको पहिलो खेलमा पराजित भएको छ ।
नेपाल पहिलो खेलमा बिहीबार आयोजक बंगलादेशसँग सोझो सेटमा पराजित भएको हो ।
पहिलो सेट २६-२४ ले गुमाएको नेपाली टोलीले दोस्रो सेट २५-२२ ले गुमाएको हो । नेपालले अन्तिम सेट २५-२१ ले गुमायो । बिहीबारदेखि सुरु भएको च्याम्पियनसिप पाैष ११ गतेसम्म चल्नेछ ।
च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिकिस्तान गरी चार टोलीको सहभागिता रहेको छ ।
नेपालले च्याम्पियनसिपको दोस्रो खेलमा पुष ८ गते श्रीलंकासँग खेल्दा पुष ९ गते हुने लिग चरणको अन्तिम खेलमा किर्गिकिस्तानसँग खेल्नेछ ।













