१० केजी चरेशसहित समातिए चन्द्रागिरि-२ का ६४ वर्षिय तामाङ

Thankot Times

थानकोट ।

प्रहरीले ३३ किलो चरेशसहित काठमाडौंबाट ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका-२ घर भएका ६४ वर्षीय अल्कबहादुर तामाङ, धादिङको थाक्रे गाउँपालिका-२ घर भएकी २७ वर्षीया स्यानी चेपाङ, २८ वर्षीया पम्फे चेपाङ र भारत घर भएर नागार्जुन बस्ने ६५ वर्षीया सारप ग्याल्तसेन छन् ।

काठमाडौंको नागार्जुन र चन्द्रागिरिबाट आरोपीहरुलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी विकाशराज खनालले बताए।, रातोपाटीमा खबर छ । पक्राउ परेकाहरूको साथबाट ३३ किलो लागुऔषध चरेश बरामद गरिएको छ ।

चन्द्रागिरी स्थित देउराली भञ्ज्याङ घर भएका अल्कबहादुरको साथबाट १० किलो र भारतीय नागरिक सारपको डेराबाट २३ किलो बरामद गरिएको छ ।

स्यानी चेपाङ र पम्पे चेपाङले सो लागुऔषध धादिङबाट काठमाडौंसम्म ल्याएर दिएको ब्यूरोको अनुसन्धानबाट थाहा भएको छ । बरामद गरिएको चरेशको बजार मूल्य १८ लाख १५ हजार पर्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ