त्रिपुरेश्वरमा मोटरसाइकल र जीप ठाेक्किँदा ४६ वर्षीय सुरजको ज्यान गयो
थानकोट ।
काठमाण्डौको त्रिपुरेश्वरमा मोटरसाइकल र जीप ठोक्किँदा एक जनाको ज्यान गएको छ ।
शुक्रबार बा. ३२ प. २४२९ नम्बरको मोटरसाइकल र प्रदेश ३ ०१ ०२७ च. ६९८२ नम्बरको जीप ठोक्किएका हुन् ।
दुर्घटनामा मोटरसाइकल चालक ४६ वर्षका सुरजध्वज सुनारको ज्यान गएको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।
घाइते सुनारको उपचारका क्रममा काठमाण्डौको राष्ट्रिय ट्रमा सेन्टरमा शुक्रबार बेलुकी ज्यान गएको हो।














