अपरान्ह ३ बजे सत्ता गठबन्धनको बैठक बस्दै
थानकोट ।
नयाँ प्रधानमन्त्री टुङ्गाे लगाउन सत्ता गठबन्धनकाे बैठक बस्ने भएकाे छ ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार, बैठक शनिबार अपरान्ह ३ बजेपछि बस्नेछ ।
‘प्रचण्डजीले सरकारको पहिलो नेतृत्व आफूले पाउनुपर्ने प्रस्ताव राख्नुभएको छ’, प्रवक्ता महतले भने, ‘सरकार बनाउन दिएको समयसीमाभित्रै सहमति गर्ने कोसिस गर्छौं ।’














