यू-२३ सेन्ट्रल जोन भलिबलः सबै खेल हारेपनि नेपाल सेमिफाइनलमा

Thankot Times

थानकोट ।

२३ वर्षमुनिको सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले समुह चरणका सबै तीन खेल हारेपनि सेमिफाइनल खेल्ने भएको छ ।

प्रतियोगितामा चार टोलीमात्रै सहभागि भएकोले नेपालले समुह चरणका सबै खेल हारेपनि सेमिफाइनलमा स्थान बनाएको हो । सेमिफाइनलमा नेपालले आयोजक बंगलादेशको सामना गर्नेछ ।

ढाकामा जारी प्रतियोगिताको लिग चरणमा शीर्ष स्थानमा रहेको बंगलादेशले पुछारमा रहेको नेपालसँग सेमिफाइनलमा खेल्ने भएको हो ।

प्रतियोगितामा चार टोलीको सहभागिता भएकाले चारै टोलीले सेमिफाइनलमा स्थान बनाएका हुन् ।

यस्तै, अर्को सेमिफाइनलमा श्रीलंका र किर्गिस्तानबीच खेल हुनेछ ।

दुवै सेमिफाइनल खेल आइतबार हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *