एमालेसँग गठबन्धन नगर्ने एकीकृत समाजवादीको निर्णय

Thankot Times

थानकोट ।

नेकपा एकीकृत समाजवादीले एमालेसँग मिलेर गठबन्धन नगर्ने बताएको छ । पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आफूहरू माओवादीसँगै पछि लागेर बालकोट गएर नयाँ गठबन्धन नगर्ने जानकारी दिए ।

‘हामीसँग सल्लाह नगरी उहाँ बालकोट जानुभएको हो । बालकोट जाँदैमा नयाँ समीकरण र सरकार बन्छ भन्ने ग्यारेन्टी छैन्’, उनले भने ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड वर्तमान गठबन्धन छाडेर एमालेसँग मिल्न गएपछि एकीकृत समाजवादीका शीर्ष नेताहरूको अनौपचारिक बैठक बसेको छ । बैठकले बालकोट गएर संवाद गर्दैमा एमाले-माओवादी सरकार बन्ने ग्यारेन्टी नभएको निष्कर्ष निकालेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ