प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको मात्र दाबी पेश

Thankot Times

थानकोट ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा दर्ता भएको छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनसहित प्रचण्डलाई प्रधानमन्त्ती बनाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा दर्ता भएको हो ।

राष्ट्रपति कार्यालयमा यही एउटा मात्रै प्रस्ताव पेस भएको छ ।

राष्ट्रपति विद्या भण्डारीले सोही प्रस्तावका आधारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्ने सम्भावना देखिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *