प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नियुक्त, शपथ भोलि

Thankot Times

थानकोट ।

प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको सात दलको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गर्दै समर्थनसहित राष्ट्रपति निवास पुगेको थियो ।

आजै शपथको तयारी भए पनि समय अपुग भएकाले भोलि मात्रै शपथ गर्ने तयारी गरिएको छ ।

राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालकाअनुसार प्रधानमन्त्रीमा प्रचण्डलाई नियुक्त गरिएको छ भने शपथको तयारी भोलि हुँदैछ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *