बागमती प्रदेश सरकारमा पनि नेपाली कांग्रेस ‘आउट’ हुने सम्भावना प्रवल

Thankot Times

थानकोट ।

संघको सत्ता समिकरणमा अप्रत्याशित रूपमा फेरबदल भएसँगै संघीय राजधानी समेत रहेको बागमती प्रदेशमा नयाँ बन्ने सरकारमा पनि सत्ता समीकरण बदलिने देखिएको छ।

केन्द्रमा दलहरूबीचको समीकरणले प्रदेशमा पनि प्रभाव पार्दै आएकाले अब बागमती प्रदेशमा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाबीच सत्ता समीकरण हुने निश्चित देखिएको छ।

११० सदस्य रहेको बागमती प्रदेशमा सामान्य बहुमतका लागि कम्तीमा ५६ सांसद आवश्यक पर्छ।

जहाँ अहिले नेपाली कांग्रेसको ३७, एमालेको २७, नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १३ छन् । त्यस्तै बागमती प्रदेशमा एकीकृत समाजवादीको ७, नेमकिपाको २, हाम्रो नेपाली पार्टीको २ सांसद् रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *