नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई दुवै छिमेकी मुलुकबाट बधाई
थानकोट ।
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुवै छिमेकी देशले बधाई दिएका छन् । यद्यपी शपथ प्रधानमन्त्रीको आजका लागि तय गरिएको छ ।
प्रधानमन्त्री दाहाललाई नेपालस्थित चिनियाँ राजदूतावास र भारतीय राजदूतावासबाट बधाई आएको हो ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले टेलिफोनमार्फत बधाई दिएको दाहालको सचिवालयले जनाएको छ ।














