नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय
थानकोट ।
नेकपा माओवादी केन्द्रले साे पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेको छ। सोमबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री र परराष्ट्र मन्त्रीको जिम्मेवारीसहित सरकारमा पठाउने निर्णय गरेको हो।
यसको आधिकारिक निर्णय भने सिंहदरबारमा बस्ने गठबन्धनको बैठकले टुंगो लगाउने माओवादीले जनाएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। आज अपराह्नन ४ बजे प्रचण्डले प्रधानमन्त्रीमा शपथ लिँदैछन्।














