काठमाडौं उपत्यकामा एकैदिन ३ हजार १ सय १ सवारीसाधन कारबाहीमा

Thankot Times

थानकोट । 

सोमबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएका सवारी जाँचमा ३ हजार १ सय १ वटा सवारीसाधन कारबाहीमा परेका छन् ।

ट्राफिक नियम उल्लंघन गरेका ती सवारीसाधनमाथि कारबाही भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।

जसमध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने १ सय २१ जना सवारी चालकमाथि कारबाही भएको छ ।

कार्यालयका अनुसार लेन मिच्ने ७५, हर्न नियम पालना नगर्ने ६२, नम्बर प्लेट नराखेका ५२ वटा, लिडारगन १६०, रेड लाइट उल्लंघन गर्ने ३० वटा र अन्य नियम उल्लंघन गर्ने २ हजार ६ सय १ वटा सवारी साधन कारबाहीमा परेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ