मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङको सांसद पद निलम्बन
थानकोट ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा चुनावमा मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङको सांसद पद निलम्बन भएको छ। भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले उनी निलम्बनमा परेका हुन्।
सङ्घीय संसद् सचिवालयले एक सूचना निकालेर अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दा किनारा नलागुञ्जेलसम्म संवैधानिक व्यवस्था अनुसार गुरुङको सांसद पद स्वतः निलम्बनमा रहेको जानकारी दिएको छ।















