सन्दीपको मुद्दा टुंगिन अझै ३ महिना लाग्ने !

Thankot Times

थानकोट ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेका कानुन व्यवसायीले उनीविरुद्धको मुद्दा टुंगिन अझै तीन महिना लाग्ने बताएका छन् ।

मंगलबार जिल्ला अदालत काठमाडौंको आदेशपछि सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले अबको करिब तीन महिनासम्म मुद्दाको सबै विषय टुंगिने बताएका हुन् ।

अधिवक्ता घिमिरेले सन्दीप आफू निर्दोष रहेकोमा ढुक्क रहेको पनि बताए । उमेरका कारण मुद्दा नलम्बिएको भन्दै उनले आफ्नो पहिलो प्राथमिकता उमेर भन्दापनि सन्दीपको आत्मविश्वासलाई सावित गर्नेमा रहेको बताए ।

नेपालले पछिल्लो समय क्रिकेटमा पराजय बेहोरिरहेकोमा सन्दीप चिन्तित रहेको पनि घिमिरको भनाइ छ ।

मंगलबार अदालतले सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न अदालतले उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको छ । साथै सन्दीप र पीडित भनिएकी किशोरीबीच सम्पर्क गराएका क्रिकेटर देव खनाल र किशोरीको मेडिकल टेस्ट गर्ने डाक्टरलाई पनि बकपत्रका लागि बोलाउन आदेश भएको छ ।

बाह्रखरीबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *